ताजा अपडेट »

जमिनमुनीको शव निकाली ४ महिनापछि दाहसंस्कार !

मंगलबार, १८ कार्तिक २०७७, ११ : ४७
2 Shares

बुटवल । कोरोना संक्रमणबाट मृत्यु भएका अर्घाखाँचीको एक व्यक्तिको शव गाडेको ४ महिनापछि उत्खनन् गरेर दाहसंस्कार गरिएको छ ।

जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर–४ ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका सोही ठाउँकै ५७ बर्षिय यमप्रसाद खनालको उपचारका लागि बुटबल गएर फर्कर्दै गर्दा जेठ २८ गते बाटोमै मृत्यु भयो । मृत्यु पछि कोरोना परीक्षण गर्दा उनमा संक्रमणको पुष्टि भएको थियो ।

कोरोना संक्रमणको पुष्टि भएपछि उनको शवलाई २ दिनसम्म खुल्ला चौरमा राख्न परिवारका सदस्य बाध्य भएका थिए । त्यतीबेला परिवारले शव व्यवस्थापन गर्न र परम्परा अनुसार काजकिरिया गर्न नपाएपछि ४ महिनापछि शव उत्खनन गरेर परम्परा अनुसार अन्त्येष्टि गरिएको परिवारका आफन्त प्रकाश खनालले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।