ताजा अपडेट »

रुपन्देहीमा लागुऔषधसहित एक युवक पक्राउ

मंगलबार, १८ कार्तिक २०७७, ११ : १०
4 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिलोत्तमा–१४ का ३५ वर्षीय विनोद राना रहेका छन् ।

उनको साथबाट २१ पुरीया तौल ८ ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउन सुगर पनि नियन्त्रणमा लिएको प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी खड्कबहादुर खत्रीले जानकारी दिए ।

रानालाई नियन्त्रण लिई थप अनुसन्धानको लागि प्रहरी कार्यालय रुपन्देहीमा राखिएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।