ताजा अपडेट »

राजसंस्था पुर्नवहालीको माग राख्दै बुटवलमा र्‍याली

सोमबार, १७ कार्तिक २०७७, १५ : ४५
6 Shares

बुटवल । वीर गोर्खाली अभियानले रुपन्देहीमा मोटरसाईकल र्याली निकालेको छ । देश र श्रीपेचको रक्षाकोे लागि भन्दै राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि देशव्यापी अभियान सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत सोमबार बुटवलमा मोटरसाइकल र्याली निकालेको रूपन्देही संयोजक खड्क जिसीले बताए ।

र्यालीमा यूवाहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’, ‘राजतन्त्र जिन्दावाद !, गणतन्त्र मुर्दावाद ! ’, ‘राजा आऊ, देश बचाऊ’ लगाएतका नाराबाजी समेत गरेका थिए । दिउँसोबाट सुरु भएको र्यालीमा करिब २ हजार मोटरसाइकल सहभागी भएको आयोजकले जनाएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकबाट शुरू भएको र्‍याली योगीकुटी, मिलनचोक, बसपार्क, अमरपथ, गोलपार्क हुँदै बुटवलको ट्राफिक चोकमा पुगेर समापन गरिएको अभियान्ता सन्तोश राजावादीले जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।