ताजा अपडेट »

टिप्परको ठक्करबाट रुपन्देहीका ८ वर्षिय बालकको मृत्यु

सोमबार, १७ कार्तिक २०७७, १४ : ४५
6 Shares

भैरहवा । रुपन्देहीको भैरहवा–लुम्बिनी सडक खण्ड अन्तर्गत मायादेवी गाउँपालिकाका एक बालकको टिप्परको ठक्करबाट मृत्यु भएको छ । सोमबार आज मायादेवी गाउँपालिका वडा नं. ८ स्थ्ति विश्वकर्मा मन्दिर नजिकै टिप्परले ठक्कर दिँदा पैदल हिँडेका स्थानीय सुग्रिव हरिजनका ८ वर्षिय छोरा रघुबिर हरिजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

उनलाई लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु १ क ११७४ नम्बरको टिप्परले ठक्कर दिएको हो । टिप्परको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिप्पर र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।