November 27, 2020, Friday
२०७७ मंसिर १२, शुक्रबार

छोराले बोक्सी भन्दै कुटपिट गर्दा आमाको मृत्यु

324

लहान । बोक्सी भन्दै छोराले कुटपिट गर्दा सिरहाको कर्जन्हा नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । छोराको कुटाइबाट घाइते ७५ वर्षीया सुदामादेवी साह सोनारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत मङ्गलवार कान्छो छोरा रामअवतार साहको कुटपिटबाट घाँटीमा गम्भीर चोट लागेर घाइते सुदामादेवीको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बोक्सीको आरोपमा कुटपिट गरी आमाको हत्या गरेका आरोपी रामअवतारलाई पक्राउ गरिएको र उनीमाथि कानूनी कारवाही अघि बढाइएको प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले जानकारी दिए ।

पछिल्लो अपडेट