ताजा अपडेट »

बाँकेमा थप दुई सङ्क्रमितको मृत्यु

आइतबार, १६ कार्तिक २०७७, १७ : ५१

बाँके । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण जिल्लामा मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–२०, राँझा निवासी ६० वर्षीया महिला र कैलालीको टीकापुर नगरपालिका–१ निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।