ताजा अपडेट »

थप २८२४ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

आइतबार, १६ कार्तिक २०७७, १६ : ३४

बुटवल । नेपालमा आइतबार थप २ हजार ८२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार १३ हजार २३ जनाको पिसिआर परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप ३ हजार ६२० जना कोरोनामुक्त बनेका छन् । यससँगै देशभर कुल १ लाख ७३ हजार ५६७ कोरोना संक्रमित रहेकोमा १ लाख ३४ हजार ८४२ संक्रमणमुक्त भएका छन् । यसैगरी बितेको २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९६० पुगेको छ । देशभर कोरोनाको सक्रिय संक्रमित ३७ हजार ७६५ जना रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।