ताजा अपडेट »

दाङबाट तीन लाख २३ हजार नगदसहित ५ जना जुवाडे पक्राउ

आइतबार, १६ कार्तिक २०७७, १३ : २४
10 Shares

दाङ । दाङको घोराहीबाट प्रहरीले ३ लाख २३ हजार ६० रुपैयाँ सहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुरस्थित बसन्ता रावतको बन्दै गरेको घरमा जुवा खेलिरहेका ती ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा घोराही १५ का ३६ बर्षका धर्म ज्ञवाली, २७ बर्षका बसन्त भण्डारी, घोराही १० का २६ बर्षिय अनिलकुमार थापा, २६ बर्षकै कमल रावत र २५ बर्षका केशब डाँगी रहेको दाङका प्रहरी प्रमुख, एसपी गणेश चन्दले जानकारी दिए । उनीहरुको साथबाट दुई गड्डी खेलेको र दुई गड्डी नयाँ ताससमेत बरामद भएको प्रहरीको भनाई छ ।

पक्राउ परेकालाई जुवा ऐन अन्तरगत मुद्धा दर्ता गरेर कारबाही प्रकृया सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि पनि जुवा खेल्नेहरुलाई पक्राउ गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।