ताजा अपडेट »

विश्व च्याम्पियन महेश्वर सम्मानित

मंगलबार, ०१ माघ २०७५, १५ : १२

माघ १,

काठमाडौँ । शारीरिक सुगठन तथा फिट्नेस सङ्घले विश्व शारीरिक सुगठन च्याम्पियनशिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई नगदसहित सम्मान गरिएको छ । 

सङ्घद्वारा यहाँ आयोजित कार्यक्रममा सांसद कृष्णगोपाल श्रेष्ठ र काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस सङ्घका अध्यक्ष सुरेश सुवेदीले महेश्वरलाई सम्मानपत्र र रु ५१ हजार प्रदान गरी सम्मान गरे । 

थाइल्याण्डको चाङमाईमा गत डिसेम्बरमा भएको १०औँ विश्व शारीरिक सुगठन च्याम्पियनशिपको शारीरिक सुगठनतर्फ पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण पदक जितेका थिए। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।