ताजा अपडेट »

बोबाङ्ग बाढी पिडितलाई बिदेशबाट ३ लाख सहयोग

आइतबार, १६ कार्तिक २०७७, ११ : ०६
6 Shares

बाग्लुङ्ग । बाग्लुङ्गको ढोरपाटन नगरपालिका बोबाङ्ग गाउँका बाढी पीडित हरुलाई बिदेशमा रहेका बोबाङ्गबासीले ३ लाख बराबरको आर्थिक सहयोग गरेका छ्न । वैदेशिक रोजगारमा कार्यरत साविक बोबाङ गाबिसका युवाहरु जोख बहादुर बि क (दुबई) दिलिप बि क (दुबई) राज कुमार बि क (ब्रराइन) केशव बि क (साउदी) र बाढी प्रभावित क्षेत्रका स्थानीय सामाजिक अभियन्ता कुशल विश्वकर्मा र सुर्जन कुमार बिश्वकर्माको पहलमा त्यस नगरपालिका वडा नम्बर ७, ८ र ९ का १ सय ४१ घरधुरीलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

उक्त सामाग्री वडा नम्बर ८ का वडाध्यक्ष नन्दे सोनार र वडा नम्बर ९ का वडाध्यक्ष हरि बहादुर घर्ती मगर तथा स्थानीय सामाजिक अभियन्ताहरुले वितरण गरेका थिए । गत भदौ १७ गते राती भुजिखोलाको बाढिले ३७ जना बेपत्ता र ९७ घरधुरी पुर्ण रुपमा बिस्थापित र आम्शिक सहित १ सय ४१ घरधुरी बिस्थापित हुने गरि क्षति भएको थियो । हाल सम्म २२ जनाको शव फेला परेको छ भने १५ जना अझै बेपत्ता छन । तर नगारपालिकाले बेपत्ता १५ वार सरह क्षतिपुर्ती दिदै आजनाका परिवारलाइ पनि मृतकका परिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।