ताजा अपडेट »

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, २५०८ संक्रमित थपिए

शनिबार, १५ कार्तिक २०७७, १६ : ३८
6 Shares

बुटवल । नेपालमा थप २ हजार ५०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार ९ हजार २७९ जनाको पिसिआर परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप २ हजार २६४ जना कोरोनामुक्त बनेका छन् । यससँगै देशभर कुल १ लाख ७० हजार ७४३ कोरोना संक्रमित रहेकोमा १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका छन् ।

यसैगरी बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९३७ पुगेको छ । देशभर कोरोनाको सक्रिय संक्रमित ३८ हजार ५८४ जना रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।