ताजा अपडेट »

अभियानकै रूपमा गुर्जाे रोप्दै ट्राफिक प्रहरी

शनिबार, १५ कार्तिक २०७७, १३ : ५८
4 Shares

काठमाण्डौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयसहित कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा आज गुर्जोको बिरूवा रोपेको छ । तीनकुनेमा एक हजार ५०० र ट्राफिक कार्यालयमा पाँच/पाँचवटा गुर्जोको बिरूवा रोपिएको हो । कोभिड–१९ को रोकथाम र उपचारका लागि गुर्जाे उपयोगी मानिन्छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, प्रहरी उपरीक्षक एवं महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादव र प्रहरी कर्मचारीको सहभागितामा गुर्जोको बिरूवा रोपिएको हो । प्रमुख ढकालले अग्रमोर्चामा रहेर काम गर्ने प्रहरीलाई स्वास्थ्य जोखिम बढी भएकाले सचेतना र रोकथामका उपायमा ध्यान दिइएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।