December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

रात्रिकालीन खेल हेर्ने चाहना पूरा हुँदै

255

प्रदेश नं १ सामाजिक विकासमन्त्री जीवन घिमिरे विराटनगरस्थित शहीद रङ्शालामा बिहीबार सरकारले खेलकूदको विकासमा गर्न लागेको कार्य सम्बन्धमा पत्रकारहरुलाई जानकारी दिंदै । प्रदेश सरकारको रु पाँच करोडको लगानीमा रात्रिकालिन खेलकूदका आवश्यक फ्लड लाइटका सामाग्री आइपुगेको र आगामी पुस मसान्त सम्ममा जडान कार्य सम्पन्न हुनेछ । तस्वीर : मनोज दाहाल, रासस

मोरङ । विराटनगरवासीको रात्रिकालीन खेलकूद हेर्ने चाहना आगामी मङ्सीरदेखि पूरा हुने भएको छ । वर्षको नौ महिना प्रचण्ड गर्मी हुने यस क्षेत्रमा रात्रिमा खेलकूद हेर्ने नागरिकको इच्छा प्रदेश सरकारको सहयोगले पूरा गर्न लागेको हो । सरकारको लगानीबाट पहिलोपटक यस क्षेत्रमा उक्त फ्लड लाइट जडान गर्न लागिएको काठमाडौको दशरथ रङ्गशालापछि यो दोश्रो रहेको मानिन्छ । प्रदेश सरकारको रु पाँच करोडको लगानीमा फ्लड लाइट जडान गरिने भएको हो ।

विराटनगरको शहीद रङ्गशाला रात्रि खेलकूदका लागि आवश्यक पर्ने फ्लड लाइटका सम्पूर्ण सामग्री आज रङ्गशालाको मैदान आइपुगेको छ । जडान गर्ने कार्य आगामी मङ्सिर भित्रमा काम सम्पन्न हुनेछ । गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी रु चार करोड २९ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सामग्रीको अनुगमनपश्चात प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बन्दाबन्दीका कारण निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको बताउँदै अब ढिलाइ नहुने बताउनुभयो । ठेकेदार कम्पनीका प्रोपाइटर गणेश कार्कीले कोभिड १९ का कारण निर्माण सामग्री ल्याउन नसकेकाले जडानमा ढिलाइ भएको बताए ।

global-corona-notice

पछिल्लो अपडेट