ताजा अपडेट »

बुटवलमा सक्रिय संक्रमितको संख्या ७९७, शुक्रबार २५ जना थपिए

शुक्रबार, १४ कार्तिक २०७७, १७ : ०२
4 Shares

बुटवल । बुटवल उपमहानगरमा शुक्रबार २५ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार वडा नम्बर ११ मा ६ जना, ४ मा ५ तथा १२ नम्बर वडामा ४ जना नयाँ संक्रमित थपिएका छन् भने वडा नम्बर ८ मा २ जना थपिएका छन् ।

वडा नम्बर ६, १७ र वडा नखुलेको गरी एक/एक जना नयाँ संक्रमित थपिएको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । उपमहानगरमा संक्रिय संक्रमितको संख्या ७९७ पुगेको छ भने हालसम्म संक्रमितको संख्या २६०८ तथा निको हुनेको संख्या १८११ जना पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।