ताजा अपडेट »

थपिए ३५१७ संक्रमित, १६ जनाको मृत्यु

शुक्रबार, १४ कार्तिक २०७७, १६ : ३१
2 Shares

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हालसम्म एक लाख ३८ हजार ९५८ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको संख्या ९२० पुगेको छ । ३८ हजा ३५७ जना आइसोलेशनमा रहेका छन् भने २ हजार ६६६ जना क्वारेन्टिनमा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।