ताजा अपडेट »

खुर्पा प्रहार गरी खुट्टा छिनाएका दुई पक्राउ

शुक्रबार, १४ कार्तिक २०७७, १४ : २३
4 Shares

दाङ । दाङको तुलसीपुर ११ नवलपुरका ४५ बर्षीय कुमार विकलाई आक्रमण गर्ने २ जनालाई प्रहरीले सार्बजनिक गरेको छ । घटनामा संलग्न भएको आरोपमा तुलसीपुर उपमहानगरपालिका १६ उत्तर कुररीया निवासी २२ बर्षीय पवन चौधरी र तुलसीपुर १० पड्डा निवासी २४ बर्षीय अमृत चौधरीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरले शुक्रवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रारम्भिक अनुसन्धान गर्ने क्रममा उनीहरुले अपराध स्वीकार गरीसकेको इप्रका तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले बताए ।

उनीहरुले कार्तिक १० गते सोमवार राति करिब १० बजे विक माथि धारिलो हतियार खुर्पाले आक्रमण गरेका थिए । उनीहरुको आक्रमणबाट विकको बायाँ खुट्टाको चुरीगाँठादेखि तलतिरको भाग काटिनुको साथै दुवै हातको हत्केला र ढाँडमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । घाईते विक तुलसीपुर १० टरिगाउँ स्थित आफनो भान्जाको विवाह भोज खाएर घरतर्फ फर्कदै गर्दा उनीहरुले गोलौरीमा एक्कासी आक्रमण गरेका थिए ।

सोहि दिन गोलौराको एक घरमा दशै रमाईलो भइरहेको समयमा स्थानियहरु विच विवाद हुदाँ एक जना माथी कुटपिट भएको घटनालाई लिएर उनीहरुले विक माथी आक्रमण गरेको डिएसपी सिंहले बताए । ‘गोलौरीमा स्थानिय विच झगडा भएको र घाईते विक पनि भान्जाको घरमा सामान्य विवाद गरी घर जान्छु भनि निस्कदा गोलौरी विवादित पक्ष उनीहरुले झगडा गरेर आएको होस भनेर सोध्दा विकले पनि हो, भन्ने जवाफ दिए पछि उनी माथी आक्रमण भएको आरोपितहरुले प्रहरी सामु बयान दिएको,’ उनले भने ।

विक र आरोपितहरु विच कुनै रिसीवी र झैगडा नभएको अवस्थामा उनी आउनु भन्दा अगाडी गोलौरीमा भएको विवादलाई लिएर उनीहरुले आक्रमण गरेको प्रहरीले बताएको छ । साथै उनीहरुले प्रयोग गरेको धारिलो हतियार खुर्पा, कपडा पनि प्रहरीले फेला पारेको छ । घटनाको विषयमा थप अनुसनधन भइरहेको डिएसपी सिंहले बताए । त्यस्तै सोही दिन राती ८ बजेतिर तुलसीपुर उपमहानगरपालिका १० गोलौरी स्थीत आशिष चौधरीको घर आँगनमा दशैको रमाईलो गर्न भनि भेला भएका स्थानीय दुर्गा प्रसाद चौधरीसँग एक आपसमा झगडा गरि चौधरीलाई घाईते बनाउने मध्यका ७ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

ती युवाहरुको आक्रमणबाट घाईते भएका चौधरीको नेपालगञ्जमा उपचार भइरहेको डिएसपी सिंहले बताए । प्रहरीले उक्त घटनामा संलग्न भएका तुलसीपुर १० का ४२ बर्षीय सुशील चौधरी, २२ बर्षीय बिजय चौधरी, २३ बर्षीय अशोक चौधरी, १८ बर्षीय तिलक चौधरी, २१ बर्षीय सुनिल चौधरी,२८ बर्षीय पवन चौधरी र १९ बर्षीय आशिष चौधरीलाई पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरि अनुसन्धान थालेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।