ताजा अपडेट »

गुल्मीमा ६३३ जनाले जिते कोराना, ८ जनाको मृत्यु

शुक्रबार, १४ कार्तिक २०७७, १३ : ४६
8 Shares

गुल्मी । गुल्मीमा ६ सय ३३ जनाले कोरोना जितेर घर फर्केका छन् । जिल्लामा कुल संक्रमित ६ सय ९९ मध्ये ६ सय ३३ जना कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

जिल्लामा हाल ५८ जना मात्रै कोरोना संक्रमित उपचारत रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । संक्रमितहरु आइसोलेशनमा राखेर उपचार भइरहेको छ । जिल्लामा हालसम्म ५ हजार १४० जनाको स्वाब संकलन गरिएको छ । जिल्लामा कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

हाल क्वारेन्टीनमा बस्नेहरुको संख्या शून्य रहेको छ । जिल्लाभर ७९० वटा वेडको क्वारेन्टिन निर्माण गरिएको छ । कोरोना संक्रमितको उपचार गर्न १४५ वेडको आइसोलेशन तयार गरिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।