ताजा अपडेट »

कोभिडले गुल्मीका सरायँ नाच हुने स्थान सुनसान

शुक्रबार, १४ कार्तिक २०७७, ११ : २८
4 Shares

गुल्मी । तरवार नचाएर एक आपसमा खुसी साटासाट गर्ने सरायँ नाच गुल्मी लगायत आसपासका क्षेत्रहरुमा मान्ने प्रचलन छ । प्राय सरायँ नाच दशैंको टिकाको दिन देखि पुर्णिमासम्म देखाउने नाच्ने गरिन्छ । तर यसवर्ष भने कोरोना महामारीले गुल्मीका बिभिन्न मन्दिर तथा देवालयमा सरायँ नाच नहुँदा सुनसान बनेका छन् ।

गुल्मी जिल्लाका अर्जै, अमंरपुर, इस्मामैदान, धुर्कोट, जोगिथुम, ताल्तुङ्ग, धागिथुम, चोयगा लगायतमा मुख्य गरि सराय नाच हुने स्थान हुन् । तर विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीका कारण जिल्लाका बिभिन्न मन्दिर तथा देवालयमा खेलीने सरायँ नाच नहुँदा सुनसान बनेका छन् । परापूर्व कालदेखि नाच्न थालिएको सरायँ मेला दशैंको टिकाको दिनदेखि पुर्णिमासम्म देखाउने नाच्ने गरिन्छ । हिन्दु धर्म मान्नेहरुको लागि विशेष चाडको रुपमा मनाइने विजया दशमी असत्य माथी सत्यको विजय भएको खुसीयालीमा मनाउने गरिन्छ । यसवर्ष कोरोना महामारीका कारण प्रशासनले निषेधाज्ञा जारी गरेका कारण सरायँ नाच नभएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । यसवर्ष कोरोना महामारीले सबै मन्दिर देवालयहरुमा अत्यावश्यक पुजा बाहेक अन्य कार्यक्रमहरु निषेधाज्ञा गरिएको पन्थीले बताए ।

गत वर्ष गुल्मीमा भएको सराय नाच, तस्वीरः अनिल खत्री

पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरी, तरबार र खुँडा नचाई एकापसमा जोडिएर सराय नाच खेलिने गरिन्छ । सरायँ नाच दशैंंका बेला पश्चिम नेपालका केही भागमा गरिने पुरानो संस्कृति सहित मनोरञ्जनात्मक नाच हो । यसरी नाच्दा देवी भगवती प्रसन्न हुने जनविश्वास रहेको पुराना पुस्ताको तर्क रहेको छ । परापूर्व कालदेखि खेलीदैँ आएको नाच गुल्मी, अर्घाखाँची, कपिलवस्तु, प्युठान, दाङका विभिन्न कोट र शक्तिपिठहरुमा दशैं सकिएपछी पहाडका बस्तीमा यो नाच देख्न पाइन्छ । रापूर्वकाल देखि नाच्न थालिएको सरायँ मेलाले घरबाट टाढा गएकाहरु दशैंंका बेलामा घरमा आएका साथीसँगीसँग भेट्ने गत्तिलो अवसर पनि हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।