ताजा अपडेट »

पछिल्लो २४ घण्टामा कोरोनाबाट कुन देशमा कतिको मृत्यु?

शुक्रबार, १४ कार्तिक २०७७, ०८ : ३०

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ ।

छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ४ करोड ५३ लाख १२ हजार संक्रमित भैसकेका छन् । यस्तै, ११ लाख ८५ हजार ७ सय ३३ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ३ करोड २९ लाख ८५ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ७ हजार १ सय ६७ जनाको मृत्यु भएको छ भने ५ लाख ४५ हजार नयाँ संक्रमित थपिएका छन् । यो शुक्रबार बिहानसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -१०४७
ब्राजिल -५६५
रसिया -३६६
स्पेन -१७३
इटली -२१७
जर्मनी -७६
भारत -५६८
बेलायत -२८०
इरान -३९९
अर्जेन्टिना -३७१
पाकिस्तान- १६
साउदी अरेबिया -१५
मेक्सिको -४९५
पेरु -४७
युक्रेन -११३
बेल्जियम- १३२
फ्रान्स -२३५
बंगलादेश- २५
पोल्याण्ड -३०१
दक्षिण अफ्रिका -५३
कोलम्बिया -१७३
इजिप्ट -१३
इराक -४५
फिलिपिन्स-३३
टर्की -७२
इन्डोनेसिया -८९
डेमोसियन रिपब्लिक -२
होन्डुरस -१३
अस्ट्रिया -२९
माल्दोभ -१८
लेबनान -८
अर्मेनिया- २९
नाईजेरिया- २
पाराग्वे -१४
आयरल्याण्ड -६
हंगरी -५६
ग्वाटेमाला -२२
कुबेत -४
युएई -३
नेदरल्याण्ड -५६
रोमानिया -८३
क्यानडा -४२
जापान -३
चेक्भिया -१८७
पानामा -१५
पोर्चुगल -३३
कतार -१
स्विडेन- ९
उज्वेकिस्तान -३
अल्जेरिया- ८
कोस्टारिका- १७
लिबिया -८
जोर्डन -४०
अजरबैजान -९
किर्गिस्तान- १
इथियोपिया -६
बेलारुस -४
अफगानिस्तान -३
डेनमार्क- १
सर्बिया -६
बोस्निया -२१
स्लोभाकिया -१६
प्यालेस्टाइन -८
केन्या -१४
बुल्गेरिया -२८
घाना -४
ग्रिस- १२
क्रोएसिया- १८
नर्थ मेसोडोनिया -१४
दक्षिण कोरिया -१
अल्वानिया- ६
नर्वे -१
म्यानमार -२७
मोन्टेग्रो -८
लक्जमवर्ग- ३
जर्जिया -२०
स्लोभेनिया -१४
लिथुवानिया -६
सेनेगल -१
लिथुवानिया -६
युगान्डा -२
जमैका- ४
काबो भेर्डे -१
बोत्सोना -३
बहमास -२
इस्वातिनि -१
माल्टा -३
सिरिया- ३
लाटभिया- १
एन्डोरा -१
बेलिज- १
टोगो -१
उरुग्वे- ३
दक्षिण सुडान -३
(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।