ताजा अपडेट »

रुपन्देहीबाट अवैध रुपमा मानिस नेपाल भित्र्याउने एक भारतीय पक्राउ

विहीबार, १३ कार्तिक २०७७, १७ : ४४
4 Shares

बुटवल । रकम लिई सिमा क्षेत्रबाट अवैध रुपमा नेपालमा मानिस भित्र्याउने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार विहिबार सिद्धार्थनगर नगरपालिका-१ वेलहियाबाट अजय भारतीलाई पक्राउ गरिएको हो ।

प्रतिव्यक्ति एक हजार रुपैयाँसम्म रकम लिई अवैध रुपमा नेपाल प्रवेश गराएको भन्दै भारत उत्तर प्रदेश महाराजगंज जिल्ला मदरा बस्ने प्रेम सागर भारतीको छोरा २० वर्षिय अजयलाई प्रहरीले पक्राउ गरेको हो । सार्वजनिक बाटोमा आवत जावत गर्ने पैदल यात्रीहरुसँग रकम लिने गरेको र नदिएमा झैझगडा गर्ने गरेकोले निजलाई पक्राउ गरि अभद्र व्यवहारमा कानून वमोजिम कार्वाही अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।