November 30, 2020, Monday
२०७७ मंसिर १५, सोमबार

पछिल्लो २४ घण्टामा थपिए २३६४ संक्रमित, १७ जनाको मृत्यु

306

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ३६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हालसम्म एक लाख २४ हजार ८६२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको संख्या ९०४ पुगेको छ । ३८ हजा ९५२ जना आइसोलेशनमा रहेका छन् भने २ हजार ६८९ जना क्यारेन्टिनमा रहेका छन् ।

global-corona-notice

पछिल्लो अपडेट