ताजा अपडेट »

लुम्बिनीका विभिन्न ठाउँबाट ९ लाख बढी मूल्यका अवैध सामान बरामद

विहीबार, १३ कार्तिक २०७७, १५ : ५९
2 Shares

बुटवल । लुम्बिनीका विभिन्न ठाउँबाट प्रहरीले बुधबार एकै दिन एक ट्याक्टरसहित ९ लाख बढी मूल्य बराबरका अवैध सामाग्री बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार रुपन्देहीबाट चालकसहित अवैध माटो उत्खनन् गरिरहेको ट्याक्टर तथा भारतबाट नेपाल भित्र्याउँदै गरेका विभिन्न अवैध सामाग्री बरामद भएका छन् । लुम्बिनीका नवलपरासी र कपिलवस्तुका विभिन्न ठाउँबाट नेपाल भारत सिमा क्षेत्रमा अवैध रुपमा ओसारपसार भएका भएका सामाग्रहीहरु प्रहरीले निणन्त्रणमा लिएको छ ।

रुपन्देहीको मायादेवी गाउँपालिका-२ भिलरहवाबाट अवैध रुपमा माटो उत्खनन् गरिरहेको ट्याक्टरलाई चालकसहित निर्णयन्त्रणमा लिइएको छ । प्रहरीले चालक, लु २ त ८९२६ नम्बरको ट्याक्टर र ट्याक्टरमा जडान भएको माटो लोड गर्ने लेबलर मेसिन नियन्त्रणमा लिई गाउँपालिकाको जिम्मा लगाएको छ । यसैगरी रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-२ मेउडिहवामा भन्सार छली ल्याइएको १५ हजार मूल्य बराबरको ४ बोरा अवैध चिनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तु प्रहरीले कृष्णनगर-८ देवानगडियाबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको ४५ हजार मूल्य बराबरको तयारी पोशाक पक्राउ गरेको छ भने पश्चिम नवलपरासी प्रहरीले सुनवल-१३ बडेराबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा १ लाख १५ हजार दुई सय बराबरको तयारी पोसाक बरामद गरेको छ । यस्तै नवलपरासीकै बर्दघाट-७ जिमिरेभारबाट ३ लाख ७८ हजार ८ सय बराबरको नेपाल भित्र्याउँदै गरेको अवैध सामान बरामद गरेको छ ।

जिल्लाको पाल्हीनन्दन गाउँपालिका-१ झरहीखोलामा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ४ हजार ३५ रुपैयाँ बराबरको मेडिकल सामान तथा प्याँज पक्राउ गरेको छ । पछिल्लो समय नेपाल भारत सीमा नाकामा हुने अवैध कारोबारलाई निगरानीमा राखेको नवलपरासी प्रहरीले सरावल गाउँपालिका-७ बुलन्दपुरमा नेपाल तर्फ ल्याउँदै गरेको ३ लाख मूल्य बराबरको १५ थान मोवाइल तथा २५ हजार ८ सय बराबरको विभिन्न अवैध सामाग्री बरामद गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।