ताजा अपडेट »

दशैंको मौकामा लिएको बढी भाडा फिर्ता गर्दै

विहीबार, १३ कार्तिक २०७७, १२ : ०९
18 Shares

यात्रुसँग बढी लिएको रकम यात्रुलाई नै फिर्ता गर्दै: दशैँको मौका छोपेर यात्रुसँग बढी भाडा लिने नारायणगढबाट बेँसीशहर आउँदै गरेको ग १ ख ३९७१ नम्बरको बसका सहचालकले ट्राफिक प्रहरीको निर्देशनमा यात्रुलाई नै बढी लिएको रकम फिर्ता गर्दै ।

प्रति यात्रु ५० रुपैयाँ बढी भाडा लिएपछि चालकलाई ट्राफिक प्रहरीले कारवाहीस्वरुप एक हजार पाँच सय जरीवाना गरेको छ । बढी भाडा लिने, भाडा लिष्ट नराख्ने र यात्रु बढी राखेकालगायत २० वटा सवारी चालकहरुलाई जिल्ला ट्राफिक प्रहरीले कारवाही गरेको छ । तस्वीर : जनक श्रेष्ठ, रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।