ताजा अपडेट »

कोरोना सतर्कता : गुर्जो बाँड्दै गाउँमा नेता

बुधबार, १२ कार्तिक २०७७, १७ : २१
8 Shares

गुर्जो बाँड्दै पूर्वसभाषद् गाउँमा : ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षलाई गुर्जोका बेर्ना वितरण गर्दै पूर्व सभाषद् तथा नेपाली काँग्रेसका नेता रामहरि खतिवडा । दशैँ मनाउन गृह जिल्ला आएका नेता खतिवडाले गाउँपालिकालाई ३०० वटा गुर्जोका बिरुवा हस्तान्तरण गरेका छन्।

खतिवडाले गाउँका अन्य स्थानमा समेत गुर्जोका बिरुवा उपलब्ध गराएका छन्। रोगप्रतिरोधात्मक क्षमता बढाउने जडिबुटीका रुपमा लिइने गुर्जो कोरोनाबाट बच्नका लागि सेवन गर्नेको सङ्ख्या बढेसँगै जिल्लामा यसको खेती गर्न थालिएको छ । तस्बिर : पूर्णप्रसाद न्यौपाने/रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।