ताजा अपडेट »

शिक्षाका लागि १५७ किशोरी तथा बालिकालाई साइकल

मंगलबार, ११ कार्तिक २०७७, ०८ : ३९
20 Shares

कपिलवस्तु । विजयनगर गाउँपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपालले १५७ किशोरी तथा बालिकालाई साइकल वितरण गरेको छ । विद्यालय जान छाडेका र विद्यालय नगएका बालिकालाई नियमित विद्यालय जान साइकल वितरण गरिएको हो ।

कपिलवस्तुमा सञ्चालित उडान कक्षाका किशोरीलाई विद्यालयको वार्षिक परीक्षामा समावेश गराई क्षमतानुसार विद्यालयको विभिन्न कक्षामा भर्ना गरिएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले जानकारी दिए । उडान बालिका कक्षा शिक्षाले अन्धकारमा दिन बिताइरहेका किशोरी तथा बालिकालाई उज्ज्वल भविष्यतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिकाको निर्वाह गरेको अध्यक्ष थापाको भनाइ छ ।


गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले हरेक क्षेत्रमा महिला पछाडि परेकाले तिनको उच्च शिक्षामा ध्यान जरुरी रहेको बताए । सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक नारायण घिमिरेले बीचैमा विद्यालय जान छाडेका र विद्यालय नगएका बालिकालाई खोजेर उडान सिकाइ केन्द्रमा एक वर्षसम्म कक्षा सञ्चालन गरी पुनः विद्यालयमा भर्नाका लागि सो कक्षा सञ्चालन गरिएको बताए ।साइकल पाएपछि किशोरीले खुशी हुँदै अब कुनै पनि हालतमा अध्ययन नरोक्ने बताए । साइकल नहुँदा यहाँका बालबालिका पाँच किलोमिटरको पैदल हिँडी विद्यालय आउने गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।