ताजा अपडेट »

दशैंकै दिन आगलागी , पाँच घर जले

सोमबार, १० कार्तिक २०७७, १८ : २९
4 Shares

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । स्थानीयवासी नेत्रबहादुर चदाराको घरबाट शुरु भएको आगोले छिमेकी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा र पर्से परियारको घर पूर्णरुपमा जलेको छ । घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुडाँ सबै जलेको स्थानीयवासी निरज केसीले जानकारी दिए । आगलागी कसरी भयो भन्ने खुल्न बाँकी रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।