December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

घरमै सिमित भयो दशैंको टीका र जमरा ग्रहण

363

राजविराज । हिन्दु धर्मालम्बीहरुको महान पर्व विजया दशमी सोमबार ठूलो मान्यजनबाट जमरा लगाएर टीका ग्रहण गरेका छन । कोरोना भाइरस संक्रमणको महामारीको कारण यस वर्षको टिका लगाउने कार्यक्रम घरमै सिमित भएको छ । घरमा भएका ठूलो मान्यजनबाट आशिषसाथ जमरा र टीका ग्रहण गरेका छन । व्यक्तिगत, पेशागत एवं पारिवारिक सुख, शान्ति एवं समृद्धि हुने विश्वासका साथ जमरा र टीका लगाएका हुन । बिहान नुहाईधुवाई गरी नयाँ वा सफा लुगामा टीका र जमरा लगाएका छन । आफन्तजनसँगै केहीले मन्दिरमा पनि टीका र जमरा ग्रहण गरेको छिन्नमस्ता भगवती मन्दिरका पीठाधिश महानन्द ठाकुरले बताए ।

केहीले जिल्लाको छिन्नमस्ता, कंकालीनी, भगवती मन्दिर सहितमा पुरोहितबाट टीका र जमरा थापेका छन । घटस्थापनाका दिन राखिएको जमरा काटेर मन्दिरका पुजारीहरुले बिहान शुभ साइतमा विधिवत पूजापाठ गरी सर्वसाधारणलाई टीका र जमरा प्रदान गरेको छ । पण्डितबाट जमरा र टिका लगाए वापत सर्वसाधारणले आफुखशी पुजारीलाई दक्षिणा दिएका छन भने आफन्तले जमरा टीकासाथ दक्षिणा (सगुन) पनि दिएर आशिर्वाद प्रदान गरेको छ ।

निलकण्ठको दर्शन
विजयादशमीका दिन सोमबार बिहान नीलकण्ठ चराको दर्शन गर्न शुभ मानिने चलन पनि छ । एकाबिहानै निलकण्ठ चराको खोजी गरेर दर्शन पनि गरेका छन । भगवान शिवको प्रतिकको रुपमा मानेर निलकण्ठलाई दर्शन गरिन्छ । विजयादशमीका दिन नीलकण्ठ चराको दर्शन गरिएमा वर्षभरी शुभ रहनुको साथै सम्पूर्ण मनोरथ पूरा हुने जनविश्वास रहेकोछ ।

नवरात्रीको दिन आदिशक्तिको उपबासपछि यस चराको दर्शनले भगवान शिवको रूपको प्रतिकात्मक दर्शन हुने बुझाइ रहेको छ । धर्म संस्कृति अनुसार भगवान शंकरलाई नीलकण्ठ पनि भने गरिन्छ ।भगवान श्रीरामले नीलकण्ठको दर्शन गरेर रावणको बध गरिएको पौराणिक कथामा उल्लेख गरिएको छ । लंका विजयीपछि भगवान ब्राह्मण हत्याका पापलाई रामले लक्ष्मणसँगै मिलेर भगवान शिवको पूजा अर्चना गरेर सो पापबाटमुक्ती पाएको भनिएको छ । त्यसपछि भगवान शिव नीलकण्ठ चराको रूपमा पृथ्वीमा आएको र नीलकण्ठ भगवान शिवकै रुप भएको मानिने गरेको छ। –धीरेन्द्रप्रसाद साह/गोरखापत्र । आवरण तस्विर : प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइँददिँदै । – रासस

global-corona-notice

पछिल्लो अपडेट