ताजा अपडेट »

नवमीकै दिन नवलपरासीका पुजारीको हत्या

आइतबार, ०९ कार्तिक २०७७, २३ : ०६
2 Shares

परासी । हिन्दु धर्म अनुसार नेपालीहरुको महान पर्व विजयादशमी जारी छ । आज विजयादशमीको नवौं दिन अर्थात् नवमी यस दिन विभिन्न दुर्गा मन्दिरमा पुजारीद्वारा दुर्गाको भव्य पूजा गरिन्छ । तर, यसै दिन एक पुजारीको भने हत्या भएको छ । पश्चिम् नवलपरासीमा एक पुजारीलाई धारिलो हतियारको प्रयोग गरेर हत्या भएको छ ।

यही कार्तिक ९ गते दिउँसोको करिब २ बजे तिर सुस्ता गाउँपालिका वडा नं ४ नर्सहीको पश्चिमटाणी रामजानकी हनुमान मन्दिरका पुजारी अन्दाजी वर्ष ७५ को महगु केवटको धारिलो हतियार प्रहार भई मृत्यु भएको हो। घटनाको प्रकृति हेर्दा हत्याराले दिउँसोको समयमा सुन्सान ठाउँमा करिब मन्दिर देखि उत्तर दिशा तर्फ १ किलोमिटर टाढा धारिलो हातहतियार प्रयोग गरि निर्घात रुपमा देब्रे हातमा र टाउकोमा प्रहार भएको देखिन्छ ।

घटनाको स्थलमा प्रहरीले घटनाको प्रकृति नियाली रहेको र हत्या गर्ने ब्यक्ति फरार रहेको र हत्याराको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रबक्ता एंव प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिएका छ्न ।घटनामा संलग्न तथा शंकास्पद ब्यक्तिहरुको बारेमा थप अनुसन्धान भईरहेको र पुजारी केवटको शव पोस्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासी पठाएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।