ताजा अपडेट »

कविता : दशैं आयो

आइतबार, ०९ कार्तिक २०७७, २२ : २५
62 Shares

मखमली र थुङ्गे फुलले आँगन ढाक्न थाले
संगीसँग पिङ खेल्न गाउँले जम्मा हुन थाले ।

हर्षसित बुढी आमा पिठो पिस्न थालिन्
थन्किएका भाँडाकुँडा चम्काउन लागिन् ।

घरभरी आफन्तको आउ–जाउ बढ्यो
मामा घरमा केटाकेटीको आवाज सार्है गुन्ज्यो ।

गृह बाटो जता–ततै झिलिमिली हुने भयो
बुढी आमाको घरमा फेरि खुसियाली छाउने भयो ।

नयाँ–नयाँ पहिरनमा सजिने समय आयो
निलो आकाशमा चराचुरुङ्गी उड्ने बेला भयो ।

रातो टीका अनि जमरा लाउने दिन आयो
भाइचारा सम्बन्ध फेरि प्रगाढ हुने बेला भयो ।।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।