ताजा अपडेट »

कुटपिट गरी छोराले गरे आमाको हत्या

आइतबार, ०९ कार्तिक २०७७, १३ : ४५
8 Shares

कञ्चनपुर । घरायसी विवादमा पुनर्वास नगरपालिका –३ सुकुम्बासी बस्तीकी महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन् । साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले हत्या गरेको आरोप लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार विवाद हुँदा पप्पुले पार्वतीलाई कुटपिटसँंगै टाउकामा बञ्चराले हिर्काउँदा उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । अभियुक्त पप्पुलाई पक्राउ गरी अनुसन्धान भइरहेको उनले बताए । उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको हिरासतमा राखिएको छ

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।