२१ असार २०७९, मंगलवार

Jul 5, 2022

गण्डकी । कोरोना भाइरसको महामारीका कारण यस वर्ष आश्विन शुक्ल नवमीका दिन आज पोखरा र आसपासका शक्तिपीठमा दर्शनार्थीको चहलपहल कम देखिएको छ । कोरोना महामारीप्रति सर्वसाधारणको सजगताका साथै प्रशासनले पनि महामारी फैलिन सक्ने जनाउँदै पूजाआजामा रोक लगाएका कारण विगतमा महानवमीका दिन हुने गरेको भीडभाड यस वर्ष नभएको हो ।

पोखराका विन्ध्यवासिनी, भद्रकाली, तालबाराहीलगायत आसपासका शक्तिपीठ आज सुनसान बनेका छन् । विगत वर्षमा महानवमीका दिन स्याङ्जा, कास्की, तनहुँलगायत विभिन्न स्थानबाट आउने दर्शनार्थीका कारण चहलपहल हुने गरेको पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित कोटभैरव मन्दिरमा यस वर्ष भने दर्शनार्थीको चाप नरहेको कोटभैरव मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिए ।

नेपालका बाइसेचौबीसे राजाका पालादेखि नै अस्तित्वमा आएको मानिने कोटभैरवमा प्राचीन परम्परालाई निरन्तरता दिँदै घटस्थापनासहित महाष्टमी, कालरात्रि र महानवमीको सामान्य पूजा भने गरिएको छ । मन्दिरमा घटस्थापनादेखि नै मगर पुजारीले सरसफाइसहित नियमित पूजाआजा तथा ब्राह्मण पुजारीले दैनिक सप्तशती पाठ गर्छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ डुंगा डुब्दा १५ जना मछुवा बेपत्ता