ताजा अपडेट »

शुक्रबारदेखि बेपत्ता बुटवलका बालक शनिबार मृत फेला

शनिबार, ०८ कार्तिक २०७७, १६ : ५३
42 Shares


बुटवल । शुक्रबार बुटवलबाट हराएका एक बालक शनिबार मृत भेटिएका छन् । बुटवल –८ दिपनगर बस्ने कृष्ण तिवारी र राधा तिवारीका १० वर्षिय छोरा निश्चल तिवारी शुक्रबार साँझदेखि सम्पर्कविहिन थिए । उनी शनिबार दिउँसो बुटवल–७ वन स्थित भित्र रहेको भनभने खोलामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खडक बहादुर खत्रीले ग्लोबल आवाजलाई जानकारी गराए।

उनी आफ्ना साथीहरुसँग पौडी खेल्न गएको र पौडी खेल्ने क्रममा डुबेपछि ती साथीहरु डरले फर्किएर कसैलाई केहि नभनेको हुँदा शनिबार सोधपुछ पछि सो स्थानमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खडक बहादुर खत्रीले बताए । उनी बुटवलको कालिका मानवज्ञान माबि कक्षा ४ मा अध्ययनरत थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।