ताजा अपडेट »

थपिए ४५ सय कोरोना संक्रमित, १७ जनाको मृत्यु

शुक्रबार, ०७ कार्तिक २०७७, १६ : ४६
6 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा ४४९९ जनामा कोरोना संक्रमित थपिएका छन् । संक्रमित मध्ये २ हजार ८०९ जना पुरुष तथा १ हजार ६९० जना महिला रहेका छन् । सबैभन्दा बागमती प्रदेशमा ३२२५ जना संक्रमित थपिएका छन् ।

काठमाडौँ उपत्यकामा मात्र २७२० जना संक्रमित थपिएका छन् । नेपालमा हाल २९० जना आइसीयूमा रहेका छन् भने ६९ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । परीक्षण गरिएकामध्ये ११ दशमलव २ प्रतिशतमा संक्रमण देखिएको छ । नेपालमा हालसम्म १ लाख ५३ हजार ८ जना संक्रमित फेला परिसकेका छन् । त्यस्तै, १ लाख ५ हजार ४८८ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ६६८ जना निको भएका छन् । नेपालमा निको हुने दर ६८.९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १७ रहेको छ भने हालसम्म ८२९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।