२१ असार २०७९, मंगलवार

Jul 5, 2022

टीकापुर । टीकापुर क्षेत्रका किसानलाई एक हजार ३३५ हेक्टर जमिनमा गहुँखेतीका लागि प्रोत्साहन गरिने भएको छ । कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले ६८५ हेक्टर जमिनमा गहुँखेती र ६५० हेक्टरमा गहुँको बीजवृद्धिका लागि सघाउने भएको हो ।

Advertisement

कृषितर्फले ६०० किसानलाई गहुँखेतीका लागि प्रोत्साहन गर्ने तयारी गरेको छ । किसानको मागअनुसार आयोजनाले गहुँखेती विस्तार कार्यक्रममा मागअनुसार खेतीमा सघाउने भएको हो । आयोजनाको २३५ हेक्टर जमिनमा यस वर्ष गहुँखेती विस्तार गर्ने लक्ष्य भए पनि किसानका माग धेरै आएपछि ६८५ हेक्टर जमिनमा खेती विस्तार गर्न थालिएको योजना अधिकृत तथा सूचना अधिकारी दिलीपजङ्ग रानाले जानकारी दिए ।

“न्यूनतम १० कठ्ठा क्षेत्रफलभन्दा माथि खेती गर्न चाहने ६०० किसान छनोट भएका छन् । छनोट भएका किसानले गहुँखेती गर्ने तयारी थालेका छन्”, योजना अधिकृत रानाले भने, “खेतीका लागि आयोजनाको कमाण्ड क्षेत्रमा रही उत्पादनमा वृद्धि गर्नको लागि गहुँखेती क्षेत्र विस्तारको कार्यक्रम भइरहेको हो ।”

आयोजनाले गहुँको बीजवृद्धि कार्यक्रमतर्फ ३०० हेक्टरमा खेती गर्ने लक्ष्य भए पनि ६५० हेक्टरमा खेती गर्न थालेको अधिकृत राना बताउँछन् । “बीजवृद्धि खेतीसमेत लक्ष्यभन्दा बढी जमिनमा गर्न थालेका छौँ”, राना भन्छन्, “बीजवृद्धिको काम यस क्षेत्रका सहकारी तथा कम्पनीले गरिरहेका छन्, उनीहरुका मागअनुसार गर्दैछौँ ।”

आयोजनाको ५० प्रतिशत बीउमा अनुदान सहयोग र उत्पादनमा वृद्धि गर्नका लागि मूल बीउ र प्रजनन बीउमार्फत खेती हुँदैछ । आयोजनाको कमाण्डमा रहेका १२ वटा विभिन्न बीउ उत्पादक सहकारी र कम्पनीले उक्त खेती गर्ने भएको योजना अधिकृत रानाले जानकारी दिए ।

खाद्य उत्पादन वृद्धि गर्नका लागि आयोजनाले किसानलाई कृषिमा आकर्षण बढाउने खालका विभिन्न कार्यक्रम गर्दै आएको छ । कैलालीका आयोजना सञ्चालनपछि कृषिमा युवाको समेत आकर्षण बढेको छ । “आयोजनाले किसानलाई धान, गहुँखेतीमात्र नभई जुनसुकै खेतीका लागि समेत सघाउने गरेको छ । जमिनको जोहो गरेर किसान माग लिएर गए सहयोग पाउँछ”, स्थानीय रुपेश जैसी भन्छन्, “अनुदानसहित प्राविधिक ज्ञानसमेत दिनु किसानका लागि फाइदा हो । आयोजना सञ्चालनपछि कृषिमा आकर्षण बढेको छ ।”

कृषितर्फले किसानलाई खेतीमा मात्र नभई प्रविधिमा समेत सघाउने गरेको छ । किसानलाई खेत जोत्न आवश्यक मेसिन, धान गहुँ काट्ने मेसिनजस्ता सहयोगसमेत गर्दै आएको छ । आयोजनाले किसानलाई मागका आधारमा मौसमी तथा बेमौसमी तरकारी खेती, केराखेती, च्याउखेती, गाजरखेती, घाँस खेतीजस्ता कार्यमा समेत अनुदान र सहयोग दिने गरेको छ । आयोजना सञ्चालनपछि यस क्षेत्रका किसान व्यावसायिकसमेत बन्न थालेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

आलुको बोरामा भेटियो करिब ८४ लाख अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार वैवाहिक नागरिकताको उल्झनमा नागरिकता विधेयक, अब विधेयक ल्याउने कि अध्यादेश ? नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता ! नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च