ताजा अपडेट »

प्रधानमन्त्रीको दशैं शुभकामनामा ‘लिम्पियाधुरा’ गायब

शुक्रबार, ०७ कार्तिक २०७७, ११ : ३३
4 Shares

बुटवल । प्रधानमन्त्री केपी शर्माले दशैंको शुभकामनामा लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्सा प्रयोग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत दसैँको शुभकामना व्यक्त गर्ने क्रममा प्रधानमन्त्रीले लिम्पियाधुरासहितको भू–भाग नसमेटिएको नक्सा प्रयोग गरेका हुन्।

प्रधानमन्त्री ओलीले दसैँको शुभकामना दिनका लागि प्रयोग भएको तस्बिरमा नेपालको निशान छाप अंकित गरिएको छ तर उक्त छापमा रहेको नेपालको नक्सामा हालै संविधान संशोधन गरेर समेटिएको लिम्पियाधुरासहितको भूभाग समेटिएकोे छैन ।

https://twitter.com/kpsharmaoli/status/1319483386629509120?s=20
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।