ताजा अपडेट »

आजदेखि क्लिफिड लागू, विदेशी च्यानल विज्ञापन रहित

शुक्रबार, ०७ कार्तिक २०७७, ०७ : ३०
10 Shares

बुटवल । आज शुक्रबारदेखि नेपालमा क्लिन फिड हुँदै छ । सरकारका प्रवक्ता पार्वत गुरुङले क्लिन फिड लागू गरिएको बताए । आजदेखि सबै विदेशी च्यानलमा कुनै पनि विज्ञापन देखिने छैनन् । मन्त्री गुरुङले क्लिनफिडको निर्णयलाई ‘ऐतिहासिक निर्णय’ भएको समेत बताएका छन् ।

यसैगरी नेपाली टेलिभिजनहरुमा पनि डविङ गरिएका विदेशी विज्ञापन प्रसारण नहुने भएको छ । क्लिनफिड प्रसारण लागू भए नभएको अनुगमन कार्तिक ८ गतेदेखि नै हुने प्रवक्ता गुरुङले जानकारी दिए । यससँगै विज्ञापन नीति बनाउन विज्ञापन बोर्ड गठन भैसकेको पनि मन्त्री गुरुङले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।