ताजा अपडेट »

बाँस्कोटालाई कोरोना संक्रमण

विहीबार, ०६ कार्तिक २०७७, १५ : ४०
4 Shares

बुटवल । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

उनीसँगै श्रीमती तारा मानन्धरलाई पनि कोरोना पोजेटिभ देखिएको छ । आफूलाई लक्षणबिना पोजेटिभ देखिएको तर श्रीमतीलाई लक्षणसहित संक्रमण पुष्टि भएको उनले बताएका छन् ।

तर, उनका दुई छोरालाई भने संक्रमण देखिएको छैन ।

उनले बितेको १० दिन यता आफूले कसैलाई नभेटेको पनि बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।