ताजा अपडेट »

करेण्ट लागेर एक जनाको मृत्यु

विहीबार, ०६ कार्तिक २०७७, १५ : २५
4 Shares

लमजुङ । करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । राइनास नगरपालिका –९ मोहोरियाकोटका २८ वर्षीय रवीन्द्र पराजुलीको खम्बा गाड्ने क्रममा करेण्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार सोही वडामा सौर्यबत्तीका लागि नयाँ खम्बा गाड्ने क्रममा नाङ्गो तारमा छुन पुग्दा उहाँलाई करेण्ट लागेको थियो । उनलाई नगरपालिकाको सहोदर सामुदायिक अस्पतालमा उपचार गर्न लैजाँदा बाटामा नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ । शव परीक्षणका लागि बेँसीशहर नगरपालिका –८ स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ ।

केही समयपछि परीक्षण गरेर परिवारलाई शव बुझाइने प्रहरीले जनाएको छ । बडादशैँका बेला गाउँले मिलेर चौतारानिर उज्यालो बनाउनका लागि सौर्यबत्ती राख्ने क्रममा करेण्ट लागेर उहाँको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।