२३ असार २०७९, बिहीबार

Jul 7, 2022

खोटाङ । चाडपर्वको मौका छोपेर व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न रावाबेँसी गाउँपालिकाले दैनिक उपभोग्यवस्तुको दरभाउ निर्धारण गरेको छ । हिन्दू नेपालीहरुको महान् चाड दशैँ, तिहार तथा छठपर्वको अवसरमा व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न आजदेखि नै लागू हुनेगरी गाउँपालिकाले मासुजन्य वस्तु तथा खाद्यान्नको दरभाउ निर्धारण गरेको हो । 

Advertisement

गाउँ कार्यपालिकाको बुधबार बसेको बैठकले प्रतिकेजी खसी तथा स्थानीय जातको कुखुराको मासु रु ७००, राँगाको मासु रु ३५०, सुँगुरको मासु रु २४०, ब्रोइलर कुखुराको मासु रु ३००, गिरिराज कुखुराको मासु रु ६०० र स्थानीय खोला तथा पोखरीको माछाको मूल्य रु ५०० निर्धारण गरेको छ । यसैगरी प्रतिकेजी स्थानीय जातको चामल (बास्मती लामो) रु १००, स्थानीय जातकै (छोटो) रु ७५, वर्षे धानको चामल रु ७०, बाहिरी जिल्लाबाट ल्याइएको जिरा मन्सुली चामल रु ७५, सोना मन्सुली चामल रु ५० र कान्छी मन्सुली चामलको मूल्य रु ४५ निर्धारण गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार प्रतिकेजी स्थानीय जातको कालो दाल रु १५०, सेतो मास रु १००, मुसुरी दाल रु १४०, प्रतिलिटर तोरीको खाने तेल रु १९०, सूर्यमुखी तेल रु १८०,  प्रतिकेजी आयोडिनयुक्त नुन रु ३० र ढिके नुनको मूल्य रु २०  निर्धारण गरिएको छ । गाउँ कार्यपालिकाको बैठकले निर्धारण गरेको मूल्यमा व्यापारीले आफ्नो सामान बिक्री गरे/नगरेको बारेमा अनुगमन समितिले छड्के निरीक्षण गर्ने र बढी मूल्य लिएको पाएमा कानूनी कारवाही गर्ने निर्णय गरिएको छ । 

दश स्थानीय तह रहेको जिल्लामा चाडपर्व भित्रिएसँगै व्यापारीले कालोबजारी शुरु गरेको गुनासो आएका छन् । जिल्लामा हुने कालोबजारी नियन्त्रण गर्न मातहतका प्रहरी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए। यदि कोहीकसैले कुनै पनि बहानामा कालोबजारी गरेर उपभोक्ता ठग्न खोजेमा तुरुन्त प्रहरीको १०० नं हटलाइन सेवामा फोन गर्नसमेत जिल्लावासीमा आग्रह गरिएको प्रजिअ पौडेलले बताए।  रासस

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा भोलिदेखि सुरु हुँदै प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड कपिलवस्तुमा करेन्ट लागेर २२ वर्षीय तेलीको मृत्यु प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी माओवादीको पोलिट्ब्यूरो १५६ सदस्यीय, ३१ वैकल्पिक सदस्य थप उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु मिस्टर एण्ड मिस नवलपरासीको उपाधि रवि र श्रुतिलाई लुम्बिनीको दाङमै उत्पादन हुन्छ डिएपी मल माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन