२२ असार २०७९, बुधबार

Jul 6, 2022

काठमाण्डौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । विभागले स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ बमोजिम चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ८५ फर्मलाई कारबाही गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले तोकिएको समयमा फर्मको नवीकरण नगराउने, अनुमतिपत्र नलिई नापतौल यन्त्र प्रयोग गर्दै आएका ती फर्मलाई कारबाही गरिएको जानकारी दिए ।

तीन महिनाको अवधिमा विभागले ६९० फर्मको अनुगमन गरेको थियो । जसमा १५१ किराना पसल, ३२ होलसेल बिक्रेता, ६० उद्योग, ५३ फलफूल तथा तरकारी पसल, ३८ माछा/मासु पसल, १९ ग्यास सिलिण्डर उद्योग, ९० पेट्रोल पम्प, १४५ सुनचाँदी पसल र १०३ अन्य फर्म छन । अनुगमनका क्रममा नापतौल यन्त्र बिक्रीस्थलमा नराखेको, नापतौलसम्बन्धी कागजात पेश नगरेको, नापतौल यन्त्रको समयमा नवीकरण नगरेकोलगायत कैफियत भेटिएको थियो ।

महानिर्देशक पुडासैनीले पाँचवटा फर्मलाई जिल्ला अदालतमा अभियोग दायर गरिएको बताए । अभियोग दायर गरिएकामा गोरखकाली ग्यास सेन्टर ढुङ्गेधारा, मातारानी ट्रेडिङ प्रालि घट्टेकुलो, न्यू टीका डेरी सेन्टर मानभवन, एपोलो फिड्स चितवन र जगदम्बा इन्टरप्राइजेज पर्सा छन । स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ को दफा २५ अनुरुप नापतौल वा नाप्ने तौलने यन्त्र प्रयोग गर्न अनुमति नलिएका फर्ममाथिको कारबाहीलाई तीव्र बनाइएको विभागले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न तीन जना पक्राउ प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने मंसिर २ मा एकै चरणमा प्रदेश र प्रतिनिधिसभाका निर्वाचन गर्न सिफारिस भात पकाउन नेपालीले वर्षेनी किन्छन् ५१ करोडभन्दा बढीको राइस कुकर मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन, यसको ज्ञान पनि छैन : शर्मा अर्थमन्त्री शर्माले दिए राजीनामा अर्थमन्त्री शर्माको भाषण एमालेद्वारा बहिस्कार बस दुर्घटना, पाँच जना घाइते अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म उनको कुरा सुन्दैनौं : भट्टराई यु-२० टिममा स्थान बनाउन डेनमार्कदेखि काठमाडौंसम्मकाे यात्रा अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन जोनसनलाई एकपछि अर्को झट्का, थप दुई मन्त्रीले दिए राजीनामा ४४ वर्षअघि लेखिएको मेसेज फेला परेपछि… असार २६ गते सार्वजनिक विदा चौधरी ग्रुपको स्पष्टीकरणः बजेट निमार्णमा हाम्रो कुनै संलग्नता छैन, छानबिन होस् वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दर माओवादी केन्द्रीय समिति बैठक स्थगित सर्वोच्चका दुई महत्वपूर्ण फैसला : वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो खेर गएको प्लास्टिकबाटै यसरी उत्पादन हुन्छ इन्धन अर्घाखाँचीको सिद्धाराकाे गाउँमा पहिलाेपटक बिजुली पुगेपछि…