२३ असार २०७९, बिहीबार

Jul 7, 2022

काठमाडौँ । चरम मानवीय संकट व्यहोरिरहेका अफ्रिकाका साहेल क्षेत्रका तीन राष्ट्रका लागि २० भन्दा बढी दातृ निकायहरुले यस वर्ष झण्डै एक अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

Advertisement

राष्ट्रसंघका अनुसार सन् २०२१ का लागि समेत ७० करोड उपलब्ध गराउन दातृ निकाय सहमत भएका छन् । राष्ट्रसंघका प्रवक्ता स्टेफानी डुजारिकले उक्त सहायताबाट बुर्किना फासो, माली र नाइजरका एक करोड भन्दा बढी मानिसलाई सहयोग पुग्ने बताए । पोषण, खाद्यान्न, स्वास्थ्य सेवा, खानेपानी र सरसफाई, अस्थायी आवास, शिक्षा, संरक्षण र लैंगिक हिंसा पीडितका लागि उक्त रकम खर्च हुने पनि प्रवक्ता डुजारिकले बताए ।

राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसंघ, डेनमार्क, जर्मनी र युरोपेली युनियनद्वारा आयोजित संयुक्त बैठकलाई सम्बोधन गर्दै मध्य साहेल क्षेत्र अहिले चरम जोखिमको अवस्थामा रहेको र तीनै देशका जनताहरु अहिले मानवीय संकटमा रहेको बताए । उनले भने, “सुरक्षा स्थिति तिब्र रुपमा कमजोर हुँदैछ, आम मानिसको दैनिक जीवन संकटमा छ । हिंसा बढेको बढ्यै छ, र खासरुपमा महिला एवं बालिकाहरु जोखिममा छन् । आन्तरिक विस्थापन दुई वर्षयता निकै बढेको छ । जलवायु परिवर्तनले मानिसको जीविकामा असर परेको छ र कोभिड–१९ ले अझ संकट बढाएको छ ।”

राष्ट्रसंघका मानवीय प्रमुख मार्क लोककले विश्वमै साहेल क्षेत्रमा सबैभन्दा ठूलो संकट देखिएको बताउँदै बुर्किना फासो, माली र नाइजरमा ५० लाखभन्दा बढी बालबालिका सहित एक करोड ३० लाखभन्दा बढी मानिसलाई आपतकालीन सहायता जरुरी रहेको बताए। महासचिव गुटेरेस र लोककले दुबैले सन् २०२० र २०२१ का लागि २ अर्ब ४० करोड डलरका लागि दातृ निकाय समक्ष अपिल गरेका थिए ।

राष्ट्रसंघका प्रवक्ता डुजारिकले दातृ निकायहरुले ९८ करोड ५० लाख यस वर्ष सन् २०२० का लागि र सन् २०२१ का लागि ७० करोड ४० लाख उपलब्ध गराउन सहमति जनाएको बताए।
राष्ट्रसंघका अनुसार, स्वीट्जरल्यान्डले सबैभन्दा बढी ४६ करोड ४१ लाख उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

संयुक्तराज्य अमेरिकाले २७ करोड ४८ लाख, डेनमार्कले १८ करोड ३१ लाख, युरोपेली युनियनले १२ करोड २८ लाख र जर्मनीले ११ करोड ८२ लाख उपलब्ध गराउने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन उपाध्यक्षमा नारायणकाजी ‘कन्फर्म’, कुन पदमा कसकाे सम्भावना धेरै ? रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका पाण्डेको मृत्यु सुनको भाउ एक हजार चार सय रुपैयाँ घट्यो पदाधिकारी टुंगो लगाउन खुमलटारमा माओवादी बैठक सुरु खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध रुसी इन्धन किन्न श्रीलंकाका राष्ट्रपतिले मागे पुटिनसँग सहयोग हैजाबाट जोगिन व्यक्तिगत सरसफाइमा ध्यान दिन एनआरएनएको आग्रह ट्राफिक नियम उल्लङ्घन गर्ने २४ सय २८ जना सवारी चालक कारवाहीमा मिटरब्याजी रामदेव साहका छोराछोरी कारागार चलान