ताजा अपडेट »

फेरि बढ्यो सुनको मूल्य

विहीबार, ०६ कार्तिक २०७७, ११ : ४८
2 Shares

बुटवल । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुन तोलाको ९५ हजार २ सय रुपैयाँ रहेको छ । बुधबार पनि सुन तोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य भने घटेको छ । बिहिबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।