ताजा अपडेट »

कोरोना विशेष अस्पतालमा थप २ को मृत्यु

विहीबार, ०६ कार्तिक २०७७, ०९ : २६

बुटवल । बुटवलमा कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको गएराती मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार अर्घाखाँची पँधेरी ७ का ३८ वर्षीय पुरुष हिजो राती ९ः२४ बजे र तिलोत्तमा ४ का ८१ वर्षीय पुरुषको मध्यराती १२ः७ बजे कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।