२३ असार २०७९, बिहीबार

Jul 7, 2022

वीरगञ्ज । विगत दुई महिनादेखि पर्सामा रासायनिक मल पोटासको अभाव देखिएसँगै अब यो अभाव समाप्त भएको छ । आजदेखि रासायनिक मल पोटास आउन थालेपछि सो अभाव समाप्त भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ ।

चार हजार ५०० मेट्रिक टन पोटासमध्ये आज मात्र ५०० मेट्रिक टन पोटास मल आएकाले सो अभाव समाप्त भएको र दशैँपछिलगत्तै बाँकी रहेको चार हजार मेट्रिक टन पोटास आउने सो कार्यालयका प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले राससलाई बताए । तेस्रो मुलुक बेलारुसबाट भारतको वैशाखापटनम बन्दरगाह हुँदै रेलमार्गद्वारा वीरगञ्जस्थित सुक्खाबन्दरगाहमा आएको सो पोटास वीरगञ्जको मुर्लीचोकस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयमा आएको छ । पर्सामा सो कार्यालयले आफ्ना ९५ वटा डिलरमार्फत अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा रु ६७ लाख दुई हजार २०० मूल्य बराबरको २१६.२ मेट्रिक टन पोटास बिक्री गरेको छ ।

बङ्गलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउन लागेकाले सो मल दशैँपछि आइपुग्ने प्रादेशिक प्रबन्धक केसीले बताए । आयातकर्ताले ठेक्का पाइसकेकाले तोकिएकै अवधिमा सो मल नेपाल आउने बताइएको छ । बङ्गलादेशबाट नेपालका लागि आउने ५० हजार मेट्रिक टन युरियामध्ये पर्साका लागि २५ हजार मेट्रिक टन युरिया मल हुने भएकाले लामो समयदेखि युरिया मलको देखिएको अभाव समाप्त हुने उनले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मिस्टर एण्ड मिस नवलपरासीको उपाधि रवि र श्रुतिलाई लुम्बिनीको दाङमै उत्पादन हुन्छ डिएपी मल माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन उपाध्यक्षमा नारायणकाजी ‘कन्फर्म’, कुन पदमा कसकाे सम्भावना धेरै ? रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका पाण्डेको मृत्यु सुनको भाउ एक हजार चार सय रुपैयाँ घट्यो पदाधिकारी टुंगो लगाउन खुमलटारमा माओवादी बैठक सुरु खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध रुसी इन्धन किन्न श्रीलंकाका राष्ट्रपतिले मागे पुटिनसँग सहयोग