२३ असार २०७९, बिहीबार

Jul 7, 2022

उदयपुर । मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–२ भुटारमा बल्ल दशैंको समयमा बिजुली पुगेपछि गाउँलेमा खुशीयाली छाएको छ । उदयपुर क्षेत्र नं–२ का सांसद सुरेशकुमार राईको पहलमा सङ्घीय सरकारबाट रू एक करोड पचहत्तर लाख र प्रदेश नं–१ सरकारका तर्फबाट रू एक करोडसहित रू दुई करोड पचहत्तर लाखको लागतमा रौताको मुर्कुची बजारबाट चालिस कोश टाढा उत्तरी पहाडी क्षेत्रको भुटारमा बिजुली ल्याइएको गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताए । सोमबारदेखि भुटार क्षेत्रमा बिजुली बल्न थालिएकाले दशैंको बेला सबै गाउँलेमा खुशी छाएको वडा नं–२का वडाध्यक्ष खबिन्द्र रासकोटीले जानकारी दिए ।

पहिलो पटक बिजुलीबत्ती बाल्न पाएकामा रन्जु ठकुरी खुशी हुँदै भनिन्, ,“कोरोनाको सङ्क्रमणले अहिले सबै गाउँले दुःखी भइरहेका बेला ढिलै भएपनि दशैंको सम्मुख गाउँमा बिजुली आयो, राति गाउँ नै झलमल्ल हुन पुगेको छ,गाउँ उज्यालो देख्दा साह्रै खुशी लागेर आउँदो रहेछ, यसअघि राति अध्याँरो रहने गाउँ अहिले उज्यालो देख्न पाउँदा हामीहरू धेरै खुशी भएका छौ ।”

भुटारकै कमल राउतले पनि यसरी खुशी ब्यक्त गरे,“अन्यत्र बिजुली बत्ती बल्दा हाम्रो गाउँघर अँधरो नै थियो तर गाउँमा छिटै बिजुली आयो, कोरोनाका कारण आफूहरूको खुशी खोसिए पनि दशैंको समयमा गाउँमा बिजुली आउँदा सबैं खुशी छौं, अहिले गाउँनै उज्यालो भएकोले आफूहरूले सबै दुखः बिर्सेजस्तो लाग्छ ।” भुटारका करिव दुईसय पचास घरमा विद्युत बितरण गरिएको र अब अन्य वडाहरूमा पनि २०७८ सालभित्रै बिजुली बिस्तार गरिसक्ने लक्ष्य रहेको अध्यक्ष खड्काले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन उपाध्यक्षमा नारायणकाजी ‘कन्फर्म’, कुन पदमा कसकाे सम्भावना धेरै ? रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका पाण्डेको मृत्यु सुनको भाउ एक हजार चार सय रुपैयाँ घट्यो पदाधिकारी टुंगो लगाउन खुमलटारमा माओवादी बैठक सुरु खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध रुसी इन्धन किन्न श्रीलंकाका राष्ट्रपतिले मागे पुटिनसँग सहयोग हैजाबाट जोगिन व्यक्तिगत सरसफाइमा ध्यान दिन एनआरएनएको आग्रह ट्राफिक नियम उल्लङ्घन गर्ने २४ सय २८ जना सवारी चालक कारवाहीमा