ताजा अपडेट »

युनिभर्सल मेडिकल कलेजलाई कोरोना परीक्षणको अनुमति

बुधबार, ०५ कार्तिक २०७७, १५ : ०१
10 Shares

बुटवल । युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेस, भैरहवाले पिसिआर परीक्षणको लागि अनुमति पाएको छ । मेडिकल कलेजले यस अघि नै पिसिआर परीक्षण गर्न लागि राष्ट्रिय जनस्वास्थय प्रयोगशालासँग माग गरेको थियो ।

राष्ट्रिय जनस्वास्थ्य कार्यालयका प्रमुख कन्सल्ट्यान्ट प्याथोजिष्ट डा. मुकुन्दा शर्माले स्थलगत निरीक्षण गर्दा मेडिकल कलेजले मापदण्ड पुरा गरेकाले पिसिआर परीक्षणका लागि अनुमति दिएको बताइन् । मेडिकल कजेलका सूचना अधिकारी शुशिल गुरुङ्गले नेपाल सरकारले निर्धारण गरेको २ हजारमा कोरोना परीक्षण गर्ने बताए ।

‘भर्खरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति पत्र प्राप्त भएको छ । अव भोलीदेखि नै निरन्तर रुपमा कोरोना परीक्षण हुन्छ ।’–उनले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।