ताजा अपडेट »

‘कुलानन्द्र स्मृति सर्वप्रथम पुस्कार’ प्रशिक्षार्थी प्रहरी निरीक्षकलाई

बुधबार, ०५ कार्तिक २०७७, १३ : ३०
6 Shares

बुटवल । ‘कुलानन्द्र स्मृति सर्वप्रथम पुस्कार’ प्रहरी निरीक्षको आधारभूत तालिलमा प्रथम हुने प्रशिक्षार्थी पाउने भएका छन् । पाल्पाको रिप्दीकोट गाउँपालिका–७ निवासी डा.चिरजीवि नेपाल र ई. आनन्द नेपालले आफ्ना स्वर्गिय बुबा कुलानन्द ठाकुर नेपालको नाममा ५ लाखको अध्यक्षकोष स्थापना गरेका थिए ।

वि.सं. १९८५ जन्मिएका स्वर्गिय ठाकुरको २०५६ मंसिर २४ गते निधन भएको थियो ।

विं.स. २०१५ सालमा स्वर्गिय ठाकुर नेपाल प्रहरी निरिक्षको तालिममा प्रथम भएका थिए । प्रत्येक वर्ष राष्ट्रिय प्रहरी प्ररीक्षण प्रतिष्ठानमा संचालित प्रहरी निरिक्षक आधारभूत तालिममा प्रथम हुने प्रशिक्षार्थी प्रहरी निरिक्षकलाई उत्प्रेरित एवं प्रोत्साहनको लागि कुलान्द्र स्मृति सर्वप्रथम पुस्कार दिन लागिएको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।