ताजा अपडेट »

होम आइसोलेशनमा रहेका संक्रमितको मृत्यु, तिलोत्तमा नगरले गर्यो शव व्यवस्थापन

बुधबार, ०५ कार्तिक २०७७, १२ : ४७
6 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मा कोरोना संक्रमित एक पुरुषको आज बुधबार मृत्यु भएको छ । मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत ४७ वर्षिय पुरुषको मृत्यु भएको तिलोत्तमा आइसोलेशन प्रमुख केशव भट्टराईले बताए ।

गत कात्तिक १ गते कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ देखिएका उनी होम आइसोलेशनमा बस्दै आएका थिए । स्वासप्रश्वसमा समस्या भएपछि आज बुधबार अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा विहान मृत्यु भएको हो । तिलोत्तमा नगरपालिकाले सव व्यवस्थापनको जिम्मा लिएपछिको यो पहिलो घटना हो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले होम आइसोलेशनमा रहेकाहरुको मृत्यु भएमा सव व्यवस्थापन परीवारले नै गर्नुपर्ने भने पनि तिलोत्तमा नगरपालिकाले शव व्यवस्थापनको जिम्मा आफै लिएको छ । तिलोत्तमा ८ र १ वडाको सिमामा पर्ने सुखौरा खोलामा सव व्यवस्थापन गरिएको तिलोत्तमाका कोरोना फोकल पर्सन इश्वरीप्रसाद गौतमले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।