ताजा अपडेट »

कोरोना अस्पतालमा बुटवलका २ संक्रमितको मृत्यु

बुधबार, ०५ कार्तिक २०७७, ०७ : ३०

बुटवल । बुटवलको कोरोना बिशेष अस्पतालमा बुधबार बिहान थप २ संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु का अनुसार बुटवल उपमहानगरपालिका - ११ देवीनगरका ४७ वर्षीय पुरुष र १७ मोतिपुरका ८१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

दुवैजनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । असोज २४ गते अस्पताल भर्ना भएका ४७ वर्षीय पुरुषको बुधबार बिहान १ः१० बजे र असोज २७ गते भर्ना भएका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।