१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

अमेरिका । अमेरिकाको टेक्सास राज्यको अष्टिन शहरमा रेष्टुरेन्टमा काम गरिरहेको समयमा एक नेपालीलाई ब्रेन ह्यामरेज भएको छ । अष्टिनमा एक्लै बस्दै आएका रुपसिंह गुरुङको घटना भएदेखिनै होस् नखुलेको ग्रेटर अस्टिन नेपलिज सोसाइटीले जनाएको छ । उनी नेपालीकै रेष्टुरेन्टमा काम गर्दैं आएका थिए । कार्यस्थलमा नै अचानक ढलेपछि उनलाई सेन्ट डेभिड्स मेडिकल सेन्टरमा भर्ना गरिएको थियो । ५४ वर्षका उनी अझै आईसीयूमै छन्।

उनका परिवारका सबै सदस्य नेपालको पोखरामा नै भएको र उनी एक्लै रहेका कारण उनको उपचारमा अष्टिनमा रहेका केही समाजसेवी नेपालीहरुले सहयोग पुर्याइरहेका छन् । सो मेडिकल सेन्टरमा एकजना नेपाली डाक्टरसमेत कार्यरत रहेकोले गुरुङको रेखदेख उनी डाक्टरले गर्ने गरेको बताइएको छ । रुपसिंहका श्रीमती र दुई छोरी छन् ।स्याङ्जा पुख्र्याैली घर भई उनको परिवार पोखरालेखनाथ नगरपालिकाको बुढीबजारमा बस्दै आएको छ। डाक्टरहरुले गुरुङ निको भए पनि प्यारालाइसिस हुने र बोल्न नसक्ने अवस्था आउन सक्ने जनकारी दिएको न्यौपानेले बताए ।

यता, ग्यास स्टेशनमा काम गर्दा गर्दै लुटेराको गोली लागी गम्भीर घाइते भएका अष्टिन निवासी उमेश न्यौपानेको डेल स्टेशन मेडिकल सेन्टरमा उपचार भइरहेको छ । किड्नीसहित उनका ३ वटा सर्जरी भइसकेको र आइसियूमै राखेर उपचार भइरहेको छ । यी दुवै विरामीहरुलाई सहयोग गर्नका लागि गैटर अस्टिन नेपलिज सोसाइटीले आर्थिक संकलन अभियान सुरु गरेको संस्थाका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पाँच दिनपछि अबरुद्ध हवाई सेवा सुचारु सप्तकोसी नदी कटानले दर्जनौं बस्तीका चार हजार घरपरिवार उच्च जोखिममा अखिल र नेविसंघ स्ववियू निर्वाचनबाट भागेः पञ्चा सिंह ३ वर्षमा ५२ सुत्केरीको एयर लिफ्टिङमार्फत उद्धार, आगामी वर्ष ४५ लाख विनियोजन लुम्बिनी सरकारलाई अर्को चुनौती, अस्पताल विकास समितिलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश घुस रकमसहित अदालका कर्मचारी अख्तियारको फन्दामा लुम्बिनी प्रदेशमा २७८ मृगौला रोगी तथा १४७३ दमका विरामीलाई उपचारमा आर्थिक सहयाेग काँग्रेसमा संस्थापन इतरको बैठक आज पनि बस्ने यस्तो छ ३ दिनसम्ममको मौसमी आंकलन बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि लुम्बिनीको दाङमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते जुम्लामा जिल्ला स्तरीय कृषि मेला : चिनोदेखि भाँगोसम्म प्रदर्शनी अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते दाङमा सिकलसेलको स्क्रिनीङ परिक्षण गाई-गोरु बाँध्ने गोठमै नवजात शिशुसहित सुत्केरीको बास ५ वर्षीया बालिका बलात्कृत, १६ वर्षीय किशोर पक्राउ धान दिवसमा रोपाइँसँगै विविध सांस्कृतिक कार्यक्रम लुम्बिनीका ६ जिल्लामा सिकलसेल एनिमियाका बिरामी, परीक्षणमै समस्या इस्माले दुना–टपरी उद्योग सञ्चालन गर्ने